२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

मलेसियाले बंगलादेशको सुपुर्दगी अनुरोधमा सहकार्य गर्दै

shivam cement
२०८२ कार्तिक १४ गते १५:२१
मलेसियाले बंगलादेशको सुपुर्दगी अनुरोधमा सहकार्य गर्दै

क्वालालम्पुर : मलेसियाले सम्पत्ति शुद्धीकरण (मनी लान्ड्रिङ) गतिविधिसँग जोडिएका विदेशी कामदार केन्द्रित व्यवस्थापन प्रणाली (बेस्टिनेट) का संस्थापक अमिनुल इस्लाम अब्दुल नोर र उनका सहयोगी रुहुल अमिनलाई सुपुर्दगी गर्न बंगलादेश सरकारको अनुरोधमा सहकार्य गरिरहेको छ । रोयल मलेसिया प्रहरी मुख्यालयले ढाकाका अधिकारीहरूसँग यो विषयमा छलफल अघि बढाएको जनाएको छ ।

दुवै जना बंगलादेशमा जन्मिएका भए पनि हाल मलेसियाको नागरिकता प्राप्त गरिसकेका छन् । बेस्टिनेटका अध्यक्ष नरहे पनि अमिनुल इस्लामको कम्पनीमा अझै हिस्सेदारी रहेको मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामाले उल्लेख गरेको छ ।

मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुशन इस्माइलले यो मुद्दा दुवै देशका सरकार र प्रहरीको स्तरमा मात्र व्यवस्थापन भइरहेको बताएका छन् । केही महिनाअघि बंगलादेशका प्रमुख सल्लाहकार डा. मुहम्मद युनुस मलेसिया भ्रमणमा आएका बेला यो विषयमा छलफल भएको उनले खुलाएका छन् ।

“यो मुद्दा दुवै देशका सरकार र प्रहरीको दायरामा मात्र सीमित रहनेछ,” गृहमन्त्रीले भने ।

बंगलादेशले सुपुर्दगीको उद्देश्य स्पष्ट पारेको विषयमा भने मलेसियाले ठोस जवाफ दिएको छैन । बंगलादेशमा दुवैमाथि मनी लान्ड्रिङ, जबरजस्ती चन्दा असुली र विदेशी कामदार बेचबिखनमा संलग्नताको आरोप लगाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर