 
    
    
        
        
  
 
          
रुकुम पश्चिम : रुकुम पश्चिम जिल्लामा अबदेखि ड्रोन उडाउन अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै ड्रोन उडाउनका लागि अनुमति अनिवार्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५ अनुसार यो व्यवस्था लागू गरिएको हो । सूचनामा निषेधित क्षेत्रमा ड्रोन उडाउन पूर्णतः प्रतिबन्धित गरिएको छ ।
कार्यविधिले तोकेका निषेधित वा नियन्त्रित क्षेत्रबाहेक जिल्लाका अन्य भागमा ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालयबाट लिखित अनुमति लिनुपर्नेछ ।
यसैगरी, कार्यविधिको दफा १४ (क), (ख) र (ग) मा उल्लेखित क्षेत्र तथा प्रयोजनका लागि ड्रोन उडाउनु परेमा जिल्ला प्रशासन कार्यालय वा प्रहरीलाई पूर्वजानकारी दिएर मात्र उडाउन सकिने व्यवस्था छ ।
प्रशासनले चेतावनी दिँदै सूचना विपरीत ड्रोन उडाएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही हुने जनाएको छ ।
