२०८३ कार्तिक ४ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ४ गते सोमवार

कपिलवस्तुमा अनुदानको मल कालोबजारी : व्यापारीसहितका घरमा छापा, २२६ बोरा बरामद

Nada
शहबाज खान
२०८२ कार्तिक १५ गते १५:१२
Shares
कपिलवस्तुमा अनुदानको मल कालोबजारी : व्यापारीसहितका घरमा छापा, २२६ बोरा बरामद

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका–१० मेचकुरीमा प्रहरीले अनुदानको मलमा भइरहेको कालोबजारी नियन्त्रण गर्न छापा मार्दा ठूलो परिमाणको डीएपी मल बरामद गरेको छ ।

ncell

प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा खटिएको टोलीले शुक्रबार बिहान विभिन्न चार स्थानबाट जम्मा २२६ बोरा अनुदानको डीएपी मल फेला पारेको हो ।

बरामद मल स्थानीय व्यापारी सुलेमान मुसलमानको स्वामित्वमा रहेको प्रहरीले जनाएको छ । छापा मारिएको स्थानहरूमा:

टोलीले शान्तराम थारुको घरबाट १५८ बोरा, दशरथ शाहीको घरबाट २१ बोरा, शिला शान्तिको घरबाट ३३ बोरा र सुलेमान मुसलमानकै घरबाट थप १४ बोरा गरी कुल २ सय २६ बोरा मल बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद मल कहाँ बुझाउने भन्ने विषयमा छलफल भइरहेको छ भने यसमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही अघि बढाउने तयारी छ ।

स्थानीयहरूले बजारमा मलको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न अनुदानको मल घर–घरमा लुकाएर राखिएको आशंका गरेका छन् ।

uae

सम्बन्धित खबर