२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै

shivam cement
२०८२ कार्तिक १३ गते १०:३०
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै छ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार बिहीबार कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सीबीच भेट हुनेछ । यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सीबीचको भेट समय तय भएको पुष्टि गरेको छ । भेट दक्षिण कोरियाको बुसान सहरमा हुनेछ ।

चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ ।

ट्रम्प र सीबीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो ।

सात दिने एसिया भ्रमणमा रहेका ट्रम्पले समकक्षी सी सँगको भेटअघि आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘खर्बौँ डलर लिएर अमेरिका फर्किँदै छु । एक फलदायी यात्रा । निकै स्मार्ट, प्रतिभा वान र शानदार नेताहरूसँगको भेट । भोलि चीनका राष्ट्रपति सी सँग भेट हुनेछ । हामी दुवैका लागि यो निकै सानदार भेटवार्ता हुनेछ ।’

राष्ट्रपति ट्रम्पले मंगलबार दक्षिण कोरियाका राष्ट्रपतिका तर्फबाट आयोजित भोजमा भाग लिएका थिए । भेटमा दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युंगले राष्ट्रपति ट्रम्पलाई सुनको विशेष ताज उपहार दिए ।

ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा आजदेखि सुरु भएको एसिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise