२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

‘मोन्था’ चक्रवातका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने 

shivam cement
२०८२ कार्तिक १३ गते ११:३६
‘मोन्था’ चक्रवातका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने 

काठमाडौँ : ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन् । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताइन् ।  

आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन् । 

ADV

सम्बन्धित खबर

Advertise