२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

मञ्च र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालबीच छलफल

Nada
२०८१ साउन ८ गते ०६:५५
Shares
मञ्च र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालबीच छलफल

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई भेटेर संख्या सयसहित समग्र वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याबारे जानकारी गराएको छ ।

ncell

अध्यक्ष जनक रावलको नेतृत्वमा गएको मञ्च नेपालको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका प्रमुख सल्लारकार रिमाललाई भेटेर हाल वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्याको सम्बन्धमा बृहत् छलफल गर्दै नीतिगत सुधारका लागि प्रधानमन्त्रीलाई सुझाव पेस गर्न अनुरोध गरेको छ ।

लिखित सुझावसहित गएको प्रतिनिधिमण्डलले सय संख्याको बाध्यकारी प्रावधानका कारण व्यवसायीको इजाजतपत्र नवीकरण हुन नसकेकाले उनीहरू संविधान प्रदत्त पेशा व्यवसायको अधिकारबाट वञ्चित भएको विषयमा पनि ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी मञ्चले युरोपेली मुलुकमा मागपत्र प्रमाणीकरण सहज नहुँदा सुरक्षित गन्तव्य मुलुकसहित जापान, कोरियाजस्ता मानव अधिकार तथा सेवा सुविधा सम्पन्न देशहरुमा कामदार पठाउन नसक्दा मध्यपूर्व र मलेसियासहित तुलनात्मकरुपमा बढी जोखिम र कम पारिश्रमिक पाउने मुलुकमा पठाउन बाध्य भएको अवस्थाका बारेमा पनि सल्लाहकार रिजालको ध्यानाकर्षण गराएको अध्यक्ष रावलले बताए ।

खाडी र मलेसियामा मात्र बजार सीमित रहेको र शैक्षिक परामर्शदाता, बिचौलिया तथा गैरव्यवसायीले असुरक्षित बाटोबाट कामदार पठाइरहेकोले जोखिम बढेको, सेवा शुल्कसम्बन्धी व्यवस्था अव्यवहारिक भएकाले बेथिति बढेकोलगायतका विषयमा मिहिनढंगले अध्ययन गरी व्यवस्थित बनाउनु वर्तमान सरकारको प्रमुख जिम्मेवारी रहेको विषय अवगत गराएको पनि अध्यक्ष रावलले बताए ।

मञ्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिने क्रममा नै तत्कालीन श्रममन्त्री अर्यालले मन्त्रिपरिषद्मा पुगेको प्रस्ताव फिर्ता लिएका कारण २ सय ५० वढी व्यवसायीको इजाजत नवीकरण नभएको बारेमा ध्यानाकर्षण गराएको थियो । 

प्रतिनिधिमण्डलमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री (कुमार)सहित मञ्चका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर