२०८२ कार्तिक ३ गते सोमवार / Oct 20 , 2025 , Monday
२०८२ कार्तिक ३ गते सोमवार
Ads

तिमी र म सँगै रोपौं

shivam cement
बबिता भट्टराई
२०८२ कार्तिक ३ गते १५:००
तिमी र म सँगै रोपौं

तिमी बाउसे बन
अनि ;
म रोपार,
आसको झरीमा रूझ्दै रूझ्दै 
मिलनको लाली पोतेर, 
आऊ ;
तिमी र म सँगै रोपौ
एउटा आफ्नोपनको बीउ।

तिमी सीमानाको आली बाँध
म ; 
अवरोधका डल्ला सम्याउँछु,
साथ र सहयोग सँगै नारौ
विश्वासलाई सियो बनाइ,
आऊ ;
तिमी र म सँगै रोपौ
एउटा स्थायित्वको बीउ।

तिमी एकताको भाका झिक
म ;
लय मिलाउछु ;
हर साझ मंसिर बनाऔँ
हर बिहानी असार बनाइ,
आऊ,
तिमी र म सँगै रोपौ
एउटा समृद्धिको बीउ।।

ADV

सम्बन्धित खबर

Advertise