२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

कविता : अस्ताचलका खैरा बादलहरू !

shivam cement
गणेश लोहनी
२०८२ कार्तिक १ गते ०६:०५
कविता : अस्ताचलका खैरा बादलहरू !

गोधुलीमा जब पोतिन्छ सिन्दुरे रङ्ग
कता–कता उदयाचलको भान हुन्छ 
र सोच्दछु के उदयाचल 
र अस्ताचल एकै हुन् ?
अहँ, होइन
फक्रँदो कोपिला र ओइलाउँदो फूल
कहाँ एकै हुनसक्छ 
र खिलखिलाउँदो हँसमुख
बाल गोपाल र सर शैय्यामा ढलेका 
जीवनका कहर खेपिरहेका भीष्म पितामह !
रङ्ग भरिँदै गरेको उषाकिरणसँग
रङ्ग झर्दै खुइलिँदो सन्ध्याको कालिमा
उकालो लाग्दै गरेका तरुणाइको
ओह्रालो लागेका मृगसँग केको तुलना
जेनजीको जोस जाँगर
उषाको लालिमा बनेर
उदयाचलबाट निरन्तर उकालो चढ्दै छ
यता बिस्तारै कुप्रँदै छन्
नलच्किएका ढाडहरू
खरी झर्दा झर्दा
बज्न छोडेका छन् मादलहरू
गर्जन र बर्सन नसक्ने भएका छन्
अस्ताचलका खैरा बादलहरू !!

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise