२०८३ कार्तिक २ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक २ गते सोमवार

उदयपुरमा २ जना बालिका बलात्कृत

Nada
२०८२ असोज २० गते १८:५०
Shares
उदयपुरमा २ जना बालिका बलात्कृत

उदयपुरः उदयपुरमा १६ वर्षीया २ जना बालिका बलात्कृत भएकी छन् । तीमध्ये एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–२ चारघरे बस्ने १९ वर्षीय संजय सदालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

संजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उदयपुरमै अर्की १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–९ लिम्पाटार बस्ने १९ वर्षीय भोजराज परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

भोजराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


 

uae

सम्बन्धित खबर