काठमाडौं : नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेलले मन्त्रीका रूपमा राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन् ।
सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिए भने पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, परियारले कृषि तथा पशुपन्छी विकासमन्त्री र खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिएका हुन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर उनीविरुद्ध भ्रष्टाचार आरोप लागेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको पाइएपछि उनको शपथ रोकिएको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।