२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

संसद् विघटन असंवैधानिक : कांग्रेस 

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते १४:४३
संसद् विघटन असंवैधानिक : कांग्रेस 

काठमाडौँ : नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ । पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको  कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । २३ र २४ भदौमा भएको जेन जेडको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।

प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलो पटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो । आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एक पटक भर्चुअल बसेको थियो ।

सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा कुटपिट भएको थियो । देउवा दम्पती अहिले उपचाररत छन् । आन्दोलनका क्रममा काँग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पुर्‍याइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise