काठमाडौं : नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा टुजी र फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यही भदौ २५ गतेबाट सेवा सञ्चालनमा ल्याएको बताएका हुन् ।
फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिकाका १, २, ४, ५ र ६ वडाअन्तर्गत पर्ने क्षेत्रहरू जिलागाउँ, माझगाउँ, घितागाउँ, नाउली, लुमअन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राही लाभान्वित भएको टेलिकमले जनाएको छ ।
हुम्ला जिल्लाकै चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले यही भदौ २७ गतेबाट टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आएपश्चात् चंखेली गाउँपालिका–४, ५ र ६ वडाअन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिकाअन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएको टेलिकमले जनाएको छ ।