२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

देउसी भैलोबाट संकलित रकमले बाटो मर्मत

shivam cement
२०८२ कार्तिक १८ गते ०९:०२
Shares
देउसी भैलोबाट संकलित रकमले बाटो मर्मत

हुम्ला : देउसी भैलो खेलेर संकलन भएको रकमले बाटो मर्मत गरिएको छ । देउसी भैलो मनोरञ्जनका लागि खेल्ने गरिए पनि पछिल्लो समय यहाँका केही समूहले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानी गर्न थालेका हुन् ।

हुम्लाको अदानचुली गाउँपालिका–१ तल्लो कल्खे गाउँका युवाले यस वर्षको तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमले दैनिक आवतजावत गर्ने बाटो मर्मत गरेका उक्त समूहका संयोजक वर्ष महतराले बताए । “गत वर्ष दैनिक पशुचौपाया हिँड्ने तलिखोलाको बाटो मर्मत गरेका थियौँ, यस वर्ष स्याल खेत खानेपानीको बाटो मर्मत गरेका हौँ”, उनले भने ।

पछिल्लो समय दुर्गम क्षेत्रमा विकास योजना आफै नआउने, ल्याउनु परे निकै सास्ती ब्योहोर्नुपर्ने, सानातिना विकासका योजना नआउनेलगायत समस्या भएकाले गाउँको मर्मतमा समूह जुटेको महतराको भनाइ छ ।

मुगु जिल्लाको भिइ, सोरु गाउँपालिकाको मुख्य बजार क्षेत्र, तुम्च र हुम्लाको आफ्नै गाउँमा देउसी भैलो खेली करिब रु. ३५ हजार संकलन भएकामा १३ जना युवाको खाना खर्च कटाएर बाँकी रकमले बाटो मर्मत गरिएको हो । दैनिक खानेपानी ल्याउने, पशुचौपाया हिँड्ने बाटो गत वैशाखमा आएको बाढीले भत्काएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर