काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकलाई वाटरफ्रन्ट रिसोर्टले प्रदान गर्ने सेवामा छुट हुने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएअनुसार ग्राहकले छुट पाउने भएका हुन् ।
सम्झौताअनुसार लेकसाइड, पोखरास्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।