काठमाडौं : जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयलाई गम्भीर क्षति पुर्याएको एनसेलले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एनसेलले यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको जनाएको हो ।
तर चुनौतीहरूको बाबजुद पनि एनसेलले आमजनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको बताएको छ । संकटको समयमा एनसेलले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो ।
एनलेसलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै, घाइतेको स्वास्थ्य लाभका लागि शुभेच्छासमेत प्रकट गरेको छ ।