२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

साउदीको पूर्वी क्षेत्रमा राहदानी वितरण : २९० नेपाली सेवाग्राहीले पाए नयाँ राहदानी

shivam cement
अन्जान गुभाजु
२०८२ साउन २४ गते १८:१२
साउदीको पूर्वी क्षेत्रमा राहदानी वितरण : २९० नेपाली सेवाग्राहीले पाए नयाँ राहदानी

दम्माम, साउदी अरेबिया : नेपालीहरूको बाक्लो उपस्थिति रहेको साउदी अरेबियाको पूर्वी क्षेत्र दम्माम रियादस्थित नेपाली राजदूतावासले राहदानी वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा जुलाई २४ सम्म राहदानी नवीकरणका लागि आवेदन दिएका २९० नेपालीहरूलाई नयाँ राहदानी वितरण गरिएको हो ।

शुक्रवार दम्मामको सिको गार्डेनस्थित एभरेस्ट नेपाली रेष्टुरेन्टको हलमा आयोजना गरिएको यस कार्यक्रमबाट दम्माम, जुबेल, अलहासा, खोबर, कतिफ लगायत क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले सहज रूपमा राहदानी प्राप्त गरेका छन् ।

राजदूतावासका पूर्वी क्षेत्रका स्थानीय अधिकारी नारायण पासवानले यस सेवाले पूर्वी क्षेत्रका नेपाली श्रमिकहरूको राहदानी नवीकरण प्रक्रियालाई झन्झटमुक्त र पहुँचयोग्य बनाउने उद्देश्य राखेको बताए । 

राहदानी वितरण कार्यक्रम नारायण पासवानको नेतृत्वमा स्थानीय कर्मचारी अजगर अली, विभिन्न संघसंस्थाका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूको सहयोगमा सम्पन्न भएको थियो । 
 

ADV

सम्बन्धित खबर

Advertise