२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

फोहोर संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिन मेयर सिंहको निर्देशन

Nada
आबिद हुसेन
२०८१ साउन १ गते १४:३९
Shares
फोहोर संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिन मेयर सिंहको निर्देशन

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहोर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई निर्देशन दिएका छन् । 

ncell

महानगरपालिकामा सफाइकर्मीका नाइकेहरुसँगको बैठकमा मेयर सिंहले वर्षातको समयमा नाला जाम भएर हुन सक्ने डुबानको समस्यालाई समाधान गर्न ३२ वटै वडामा रहेका नालाहरु आजैदेखि पूर्णरुपमा सफाइ गर्न निर्देशन दिए । 

वीरगञ्जको सरसफाइमा आफूले कसैसँग कुनै सम्झौता नगर्ने भन्दै त्यसका लागि फोहोर संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिन पनि उनले सफाइकर्मीलाई निर्देशन दिए । वीरगञ्जमा फेरि फोहोर बढेकोमा चिन्ता व्यक्त गर्दै उनले फोहोर व्यवस्थापनमा हेलचेक्रयाईं गर्ने सफाइकर्मीलाई कारबाही गरिने चेतावनी दिए । 'मलाई ठूलो चिन्ता छ, वीरगञ्जमा फेरि फोहोर बढ्यो,' उनले भने, 'यसको समाधान मलाई चाँडो चाहियो, अन्यथा म सबैलाई कारबाही गर्छु ।'

यस्तै प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सफाइमा कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिँदै थप जनशक्तिको आवश्यक परे व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताए । 

बैठकमा योजना प्रमुख अवधेश साह, सरसफाइ शाखा प्रमुख सर्फूद्दिन मियाँ, वातावारण शाखा प्रमुख राकेश साह, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, महानगर सरसफाइ संयोजक प्रकाश खेतान तथा ३२ वटै वडाका सफाइकर्मीका नाइकेहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर