२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

एनआरएनए साउदी अल कासिमको छैटौँ अधिवेशन सम्पन्न, विनोद खड्का अध्यक्षमा निर्विरोध 

Nada
अन्जान गुभाजु
२०८२ जेठ १८ गते १०:५४
Shares
एनआरएनए साउदी अल कासिमको छैटौँ अधिवेशन सम्पन्न, विनोद खड्का अध्यक्षमा निर्विरोध 

रियाद, साउदी अरब – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) साउदी अरब अन्तर्गतको क्षेत्रीय समन्वय समिति अल कासिमले बुरैदास्थित एक व्यावसायिक स्थलमा आफ्नो छैटौँ अधिवेशन तथा श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

ncell

यस अधिवेशनले विनोद खड्कालाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिमा बिर बहादुर तामाङ उपाध्यक्ष, सिद्धिलाल श्रेष्ठ सचिव, कृष्ण लोहनी सह–सचिव, चिरञ्जीवी अर्याल कोषाध्यक्ष, अली उर्सिन मिया सह–कोषाध्यक्ष, र मोहन जंग क्षेत्री युवा संयोजकमा चयन भएका छन् । 

यसैगरी, सदस्यहरूमा धन कुमार आचार्य, जीवन तामाङ, राकेश राज ठाकुर, किरण मोक्तान, र गुरु भट्टराई निर्वाचित भएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिहरूको उपस्थिति
कार्यक्रमको प्रमुख आतिथ्य नेपाली राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरीले गरेका थिए । विशिष्ट अतिथिमा एनआरएनए–एनसिसी साउदी अरब अध्यक्ष रविना अर्याल, आइसीसी मध्यपूर्व संयोजक  राजेन्द्र (जोन) अर्याल, एनआरएनएका संस्थापक तथा पूर्व संयोजक  राजु सैयद र आइसीसी सदस्यहरू  विशाल कुमार श्रेष्ठ र राम बहादुर क्षेत्री उपस्थित थिए ।

साथै, केन्द्रीय उपाध्यक्षहरू मनिष कोइराला र हेम सुवेदी, आरसीसी रियाद अध्यक्ष महेश घिमिरे, प्रवासी नेपाली मञ्च साउदी अरब अध्यक्ष अमर श्रेष्ठ, झापाली समाज संयोजक राजेन्द्र थापा, अध्यक्ष रबिन गिरी, मोरङ–सुनसरी सेवा समाज अध्यक्ष दीपक थापा, पारिवारिक समाज अध्यक्ष जितेन्द्र थपलिया, पानस महासचिव नविन मुडवरी, अन्नपूर्ण पोस्टका गल्फ हेड बिष्णु घिमिरे, एनए मिडियाका प्रधुन्न तिम्सिना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो ।

वर्तमान अध्यक्ष कृष्ण अधिकारीको सभापतित्वमा भएको यस अधिवेशनलाई सचिव सिद्धिलाल श्रेष्ठ र सह-सचिव बिर बहादुर तामाङले सञ्चालन गरेका थिए । राष्ट्रिय गानसहित ब्यानर उद्घाटन गरी आरम्भ गरिएको कार्यक्रममा पूर्व उपाध्यक्ष विनोद खड्काले स्वागत मन्तव्य राखेका थिए।

ताजा खबर

सम्बन्धित खबर