२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

साउदी अरबमा पनि मनाइयाे बुद्ध जयन्ती 

shivam cement
अन्जान गुभाजु
२०८२ जेठ ३ गते ०९:४४
साउदी अरबमा पनि मनाइयाे बुद्ध जयन्ती 

साउदी अरेबिया : साउदी अरबको रियादमा २५६९ औं बुद्ध जयन्ती मनाइएको छ।

रियादस्थित नेपाली दूतावासको समन्वयमा, नेपाल तामाङ घेदुङ प्रवास शाखा र नेपाल आदिवासी जनजाति महासंघ साउदीको सहकार्यमा साे कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली समुदायले दीप प्रज्वलन गरी भगवान गौतम बुद्धप्रति आफ्नो गहिरो सम्मान प्रकट गरे। सहभागीले बुद्धले प्रतिपादन गरेको पञ्चशीलका पाँचवटा आधारभूत नियमहरूलाई आफ्नो जीवनमा पालना गर्ने संकल्प लिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले बुद्धका चार आर्य सत्यहरू – दुःख, दुःखको कारण, दुःख निवारण र दुःख निवारणको मार्ग – लाई दैनिक जीवनमा अँगाल्नुपर्ने कुरामा जोड दिएका थिए।

वास्तविक र स्थायी शान्ति प्राप्त गर्नका लागि बुद्धको दर्शनलाई व्यवहारमा उतार्न आवश्यक रहेको उनीहरूकाे भनाइ थियाे।

कार्यक्रमका प्रमुख अतिथि, साउदी अरबका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले शुभकामना व्यक्त गर्दै बुद्ध जयन्ती हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको साझा पर्व भएको उल्लेख गरे।

बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले विश्वभर नेपाललाई शान्तिको देश भनेर चिनिने गरेको उनले बताए।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise