२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कतारमा ६४ जनाले गरे रक्तदान

Nada
तिलु शर्मा पौडेल
२०८२ जेठ २ गते २०:४०
Shares
कतारमा ६४ जनाले गरे रक्तदान

दोहा कतार : कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी सेवा समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको समन्वयमा ६४ जनाले रक्तदान गरेसँगै रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

ncell

शुक्रबार कतारको नेशनल ब्लड डोनेसन सेन्टरमा समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले रक्तदान गर्दै शुभारम्भ भएको कार्यक्रममा ९३ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ । "मानवीय तथा परोपकारी" कार्यमा सहभागी भइ रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै समाजका अध्यक्ष ठकुरीले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरे । 

कार्यक्रममा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी, गैरआवासिय नेपाली संघ (एनसीसी) कतारका अध्यक्ष रमेश भट्टसहित कतारमा स्थापित विभिन्न संघ संस्थाका  प्रमुख, प्रतिनिधिसहित पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म चलेको थियो ।

ताजा खबर

सम्बन्धित खबर