२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्दै मुक्त कम्लरी किसान

Nada
सपना बोहरा
२०८१ चैत १८ गते २१:१६
Shares
बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्दै मुक्त कम्लरी किसान

दाङ : ‘अन्नबालीमा भन्दा बेमौसमी तरकारी खेती धेरै पैसा हुन्छ, तर, बिउ, किटनाशक, औषधी महँगो पर्छ ।’ शान्तिनगर गाँउपालिका–५ काँसीपुरमा कृषि उत्पादन सामग्री, बिउ बितरण गर्ने क्रममा मुक्त कम्लहरी उर्मिला चौधरीले व्यक्त गरेको अनुभव हो यो । 

ncell

कृषि ज्ञान केन्द्र दाङले व्यवसाय कृषि गरेर आत्मनिर्भर वन्न चाहने १५ जना मुक्त कम्लहरीलाई कृषि उत्पादन सामग्री, विउविजन सहयोग गरेको थियो । त्यसैक्रममा मुक्त कम्लहरी चौधरीले तरकारी खेती गरेर आत्म निर्भर वन्न चाहेपनि कृषि उत्पादन सामग्री नभएका कारण फाटफुट रूपमा तरकारी लगाउने गरेको बताएकी थिईन् ।

‎त्यस्तै, मुक्त कम्लहरी लक्ष्मी चौधरीले कृषि उत्पादन सामग्री पाएपछि थरी थरीका तरकारी उत्पादन गरेर आत्मनिर्भर हुने बताएकी थिइन् । आँगनमै आएर कृषि उत्पादन सामग्री  बिउबिजन पाउँदा खुशी व्यक्त गरिन् । कृषि उत्पादन सामाग्री लिएर कृषि ज्ञान दाङका प्रमुख नवराज भण्डारी र कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने मुक्त कम्लहरी वस्तीमा नै पुगेका थिए । 

‎कृषि ज्ञान केन्द्र दाङका प्रमुख भण्डारीले किटनाशक औषधि प्रयोग गर्ने समयमा स्वास्थ्यको विशेष ख्याल गर्न सुझाव दिएका थिए । ‘औषधि प्रयोग गर्ने समयमा आफनो शरिर पुरै छोपिएको हुनुपर्छ’ प्रमुख पौडेलले भने ‘विषादी कहिल्यै पच्दैन्, झनै रोग निकाल्छ, एकदमै सतर्क हुनुपर्छ ।’ विषादी रहित कृषि उत्पादन गर्न कृषकलाई उनको आग्रह छ । 

कृषि उत्पादन गरेर स्वदेशमै रोजगार वन्न चाहनेलाई कृषि ज्ञान केन्द्रले तालिमदेखि व्यावसायिक सामाग्री समेत सहयोग गर्ने उनले बताए । एउटै वस्तीमा सबैले एकै किसिमको तरकारी खेती गर्नु भन्दा भिन्दा भिन्दै उत्पादन गरेमा बजारमा माग बढी हुने र राम्रो आम्दानी हुने बताए ।

‎कार्यक्रममा कृषि ज्ञान केन्द्रका अर्थविज्ञ लामिछानेले लक्षित समुदायका विशेष आय आर्जन कार्यक्रम अन्तर्गत १५ जना मुक्त कम्लहरीलाई कृषि प्रविधि सामग्रीसँगै बेमौसमी तरकारीको बिउ सहयोग गरेको वताए । यी सामग्रीहरूलाई प्रयोग गरेर व्यवसाय कृषि गर्न अनुरोध गरेका थिए । आद्युनिक कृषि उत्पादन गर्नको लागि प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा पनि सिकाएका थिए । 

‎सो अवसरमा वस्तीमै कृषि उत्पादन सामाग्री पाएपछि सहयोग पाएपछि जेठको अन्तिमतिर आफूले उत्पादन गरेका वस्तु अनुमगन गर्न, थप सल्लाह सुझाव दिन मुक्त कम्लहरीहरूले कृषि ज्ञान केन्द्रका प्रमुखहरूलाई अनुरोध गरेका थिए । विगतमा पनि शान्तीनगर गाउपालिका–४का लक्षित समुदायका अति विपन्न  दलित परिवारलाई पनि कृषि उत्पादन सामग्री तथा बिउबिजन वितरण गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर