२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रौतहटमा एचपीभी खोपअभियान : दुई सय जनशक्ति खटाइँदै

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ ४ गते २१:५२
Shares
रौतहटमा एचपीभी खोपअभियान : दुई सय जनशक्ति खटाइँदै

रौतहट : पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपअभियानमा रौतहटमा दुई सय जनशक्ति खटिने भएका छन् । 

ncell

जिल्ला स्वास्थ्य कार्यालय रौतहट गौरद्धारा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’अभियान २०८१ जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरु बीचको अभिमुखीकरण बैठकमा जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले खोप अभियानका लागि दुई सय जनशक्तिलाई तालिम दिइसकेको बताए । 

माघ २२ गतेदेखि देशैभरी सुरु हुने एचपीभी खोप अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । 

खोप खास गरी कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई लगाइने भएको छ । विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षकी बालिकालाई खोप लगाइने प्रमुख सिंहले बताए । 

नेपालमा पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको अवस्थामा नेपाल सरकारले कक्षा ६ देखि १० मा अध्ययन गर्ने बालिकाहरुलाई अभियानका रुपमा संचालन हुने भएकाले संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने प्रमुख सिंहले बताए । 

नेपाल पत्रकार महासंघ रौतहटका सभापति संजयकुमार कार्कीले राष्ट्रको महत्वाकांक्षी कार्यक्रम एचपीभी खोप अभियानलाई पूर्ण रुपमा रौतहटका संचारकर्मीहरुले सफल पार्ने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्याय यादवको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरे, सशस्त्र प्रहरीका सप्रउ विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय कुमार सिंह,  प्रादेशिक अस्पताल गौरका मेसु मुरारी ठाकुर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंह लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर