२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

उड्डन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौं : मन्त्री पाण्डे

Nada
२०८१ पुष २३ गते १५:१४
Shares
उड्डन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौं : मन्त्री पाण्डे

काठमाडौंः अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । मंगलबार सिंहदरबार स्थित समिति सभाहलमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको हो ।

ncell

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरु देखि नै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट विक्री वितरण सम्ममा पारदर्शीता देखाउनेगरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए । 

उनले भने,‘पटक–पटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरुसँग,कार्यकारी अध्यक्षसँग छलफल गरिरहेको छौं । हाम्रा जहाजहरु खरिद गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवादहरु चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्ने एवम टिकट विक्रीमा देखिएका समस्याहरु समाधान खोजिरहेका छौं ।

त्यस्तै समिति सदस्य सुनिता बरालले नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुखद् रहेको बताइन् । वायु निगम एउटामात्र बाटोले सेवाहरुसँग जोडिने विषय नभएकाले कर्मचारीहरुलाई टिकाइराख्नको लागि र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने बताइन् ।
 
 

ताजा खबर

सम्बन्धित खबर