२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै 

Nada
२०८१ पुष २२ गते १२:०४
Shares
रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै 

पोखराः सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन व्यावसायी हरुले थुनछेक बहस गर्दैछन्। जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रवि लामिछानेको तर्फबाट कानुन व्यावसायी हरुले थुनछेक बहसब गर्न लागेका हुन्।  

ncell

यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एबम गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ। यसैबीच रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानुन व्यावसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलाशमा कुरा उठ्न थालेको बताएका छन्।

सहकारी पीडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गइरहेको बारे इजलाशमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए। अहिले रवि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानुन व्यावसायीहरुले बताउँदै आएका छन्।   

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलाशमा बहस चलिरहदा उनका शुभचिन्तकहरु भने सर्वासाधारणले रकम उठाएर भए पनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन्। अर्कातिर रवि लामिछानेलाई जसरी पनि जेलमा कोच्ने गरी अदालतमा बहस गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री जिता बरालले ती कानुन व्यावसायीहरु प्रति आक्रोशित पोखेकी छिन्।  
 

ताजा खबर

सम्बन्धित खबर