२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८१ पुष १९ गते १२:२३
Shares
लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका–८ बस्ने ३६ वर्षीय समय गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

ncell

गौतमले लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर