२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विराट धर्मशालाद्वारा छात्रवृत्ति प्रदान

Nada
२०८१ पुष १८ गते २०:३१
Shares
विराट धर्मशालाद्वारा छात्रवृत्ति प्रदान

विराटनगर : विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

ncell

पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । 

बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृट अंक ल्याएर उत्तीर्ण भएका थिए । पढाइमा अब्बल भएका कारण यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईंले जानकारी दिए । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंले माला लगाएर सम्मानपत्र र जनही ५–५ हजार नगद प्रदान गरे । 

पुस्तकालयले संस्थापक अध्यक्षको स्मृति दिवस पारेर हरेक वर्ष सामुदायिक विद्यालयका उत्कृष्ट छात्राहरुलाई नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा जोड दिए । उनले प्रविधिको बढ्दो प्रयोगसँगै पठन संस्कृतिमा कमी आएको बताए । मेयर कोइरालाले पुस्तकलाई प्रविधिसँग जोड्नु आवश्यक रहेको औंल्याए ।

उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउतले पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाली कांग्रेस नगर सभापति दीपक चापागाईं, षडानन्द प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, साहित्यकार सरला चापागाईं, समाजसेवी इन्दिरा रिजाल, आयोजक संस्थाका उपाध्यक्ष रमेश चापागाईं, सचिव माधव अत्री, समाजसेवी भवानीप्रसाद निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर