२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रोटरी क्लब कलंकीद्वारा सिरक वितरण

Nada
२०८१ पुष १८ गते १५:२७
Shares
रोटरी क्लब कलंकीद्वारा सिरक वितरण

काठमाडौं : रोटरी क्लब अफ काठमाडौंको कलंकी शाखाले फाइबर सिरक वितरण गरेको छ । शाखाले प्यूठानको गौमुखी गाउँपालिकाका सात वटै वडाका असहाय, एकल महिला र एकल पुरुषलाई लक्षित गरी सिरक वितरण गरेको हो । 

ncell

शाखाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर एक लाख बराबरको ८० थान सिरक वितरण गरेको शाखाका अध्यक्ष सान्त बहादुर कुँवर ‘सन्तोष’ ले बताए । 

सिरक वितरण कार्यक्रममा गौमुखी गाउँपालिका–६ का वडाध्यक्ष चन्द्रबहादुर खत्रीले रोटरी क्लबले यसअघि पनि सामाजिक कार्यमा सरहयोग गर्दै आइरहेको बताउँदै आफ्नो वडाका विपन्नलाई जाडोको समयमा आवश्यक पर्ने सिरक वितरण गरेकोप्रति आभार व्यक्त गरे । साथै क्लबबाट आगामी दिनमा पनि यस्तै प्रकारका सहयोगको अपेक्षा रहेको उनले बताए । 

कार्यक्रममा शाखाका अध्यक्ष कुँवरले संस्थाको सामाजिक उत्तरदायित्व पूरा गर्न सिरक वितरण गरिएको उल्लेख गरे । ‘हाम्रो लक्ष्य भनेको मान्छेलाई खुसी बनाउने हो । सानो कुराले कोही खुसी हुन्छ भने, हौसला दिन्छ भने किन नदिने । मैले अगाडि पनि केही गर्न सक्छु भन्ने भावनाको विकास गर्छ भनेर निरन्तर प्रयास गरिराखेका छौं’, उनले भने ।

शाखाका अध्यक्ष कुँवर विगत १३-१४ वर्षदेखि समाजसेवामा सक्रिय रहेका छन् । स्वास्थ्य, शिक्षा, खेलकुदलगायतका क्षेत्रमा उनले आफूले सकेजति सहयोग गर्दै आएका छन् । उनले विभिन्न जिल्लाबाट बिरामी भएर काठमाडौं आएर आफूसँग सहयोग मागेकाहरूलाई पनि अस्पताल पुगेर सहयोग तथा सहजीकरण गर्ने गरेका छन् । साथै उनी आफैं विभिन्न विद्यालयमा पुगेर 'मोटिभेसन्ल' कक्षासमेत संचालन गर्ने गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर