२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पत्रकार बजगाईं अभिनन्दित

Nada
२०८१ पुष १७ गते २१:३०
Shares
पत्रकार बजगाईं अभिनन्दित

पाटन : १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाईं अभिनन्दित भएका छन् । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा बजगाईंलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ द्वारा अभिनन्दित गरिएको हो ।

ncell

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यद्वारा हस्ताक्षरित अभिनन्दन–पत्रलाई राष्ट्रिय मधेश आयोग अध्यक्ष प्रा.डा. बिजय कुमार दत्त, दलित आयोग अध्यक्ष प्रा.डा.देवराज विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायतले प्रदान गरेका हुन् ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईंलाई राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत गरेको सत्कर्मको उच्च सम्मान र पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याए बापत अभिनन्दन गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

सोही अवसरमा अग्रज श्रष्टाहरु प्रा.डा. राजेन्द्र बिमल, प्रा.डा. वीणा पौड्याल, राष्ट्रिय गानका प्रणेता ब्याकुल माइला, विशिष्ट साहित्यकार मोहन दुवाल, अग्रज सञ्चारकर्मीहरु अखण्ड भण्डारी, गोपीकृष्ण ढुंगाना, त्रिभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलिप ढकाल, प्रशान्त माली, सर्जक÷संगितकार राजेन्द्र बजगाईं, युवा अभियन्ता चक्रबहादुर चन्दलगायतलाई पनि सम्मानित गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर