२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

Nada
२०८१ मंसिर २६ गते १२:४७
Shares
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङः रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

उनको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर