२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nada
२०८१ मंसिर १९ गते १७:२९
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पाः १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ncell

सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका-६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर