२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

Nada
२०८१ मंसिर १० गते १३:३६
Shares
चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे सरोकारवालासँग परामर्श गरेका छन् ।  सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग परामर्श गरेका हुन् । 

ncell

छलफलमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी छन् । त्यसैगरी पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ लगायत छन् । 

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर