२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

उपनिर्वाचनका क्रममा अनुमतिबिना सवारी चलाए २५ हजार जरिवाना

Nada
२०८१ मंसिर ९ गते १६:४३
Shares
उपनिर्वाचनका क्रममा अनुमतिबिना सवारी चलाए २५ हजार जरिवाना

काठमाडौंः निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका क्रममा अनुमतिबिना सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने जनाएको छ ।

ncell

आज एक विज्ञप्ति जारी गर्दै आयोगले मतदानको दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५(१) मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न/गराउन हुँदैन भन्ने प्रावधान रहेकाले अनुमतिबिना सवारी साधन सञ्चालन गरेको पाइए २५ हजार जरिवाना हुने जनाएको हो ।

यदि निर्वाचन कानुन विपरीतको कार्य गरेको पाइएमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले सो रकम बराबरको जरिवाना र प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिने पनि विज्ञप्तिमा उल्लेख छ । साथै आयोगले सवारी साधनमा लाउडस्पिकर प्रयोग गरी प्रचारप्रसार गरिरहेको सूचना प्राप्त भएको भन्दै यस्ता सवारी साधन कब्जामा लिइ आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । 

ताजा खबर

सम्बन्धित खबर