२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

मोरङसुनसरी सेवा समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

Nada
अन्जान गुभाजु
२०८१ मंसिर ८ गते ०९:१०
Shares
मोरङसुनसरी सेवा समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

साउदी अरेबियाः मोरङसुनसरी सेवा समाज साउदी अरेबियाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डा. सुलैमान अल हबिब हस्पिटल रियादको सहकार्यमा सेवा समाजले शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

ncell

कार्यक्रममा नेपाली समुदायका २९ जना सदस्यहरूले रक्तदान गरेका छन् । यस कार्यक्रमले रियाद तथा वरपरका अस्पतालहरूमा रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्‍याएको मोरङसुनसरी सेवा समाज साउदी अरेबियाका सचिव देबेन्द्र विश्वकर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागीहरूको उत्साहले समाजको सेवाभावलाई अझै प्रगाढ बनाएको छ। उनले यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीचको एकता, सहयोग र मानवताको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

यस्तै आयोजकले कार्यक्रममा सहभागी रक्तदाताहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै करिब ४ लाख नेपाली कार्यरत साउदी अरेबियामा नेपाली समुदायद्वारा रक्तदान कार्यक्रम आयोजना हुनु सराहनीय रहेको आयोजकको भनाइ छ।

ताजा खबर

सम्बन्धित खबर