२०८२ वैशाख २८ गते आइतवार / May 11 , 2025 , Sunday
२०८२ वैशाख २८ गते आइतवार
Ads

करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ

मध्यान्ह
२०८१ कार्तिक २९ गते १४:१७
करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनहरी नगरपालिका–७ बस्ने ३३ वर्षीय शंकर स्याङ्तान र ४० वर्षीय रामशरण प्रजा रहेका छन् । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.१ ह ८३२४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडी भागमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी अटो चालक शंकर र अटोमा सवार रामशरणलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर