२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

हरेक क्षेत्रमा नेतृत्व लिन युवाहरुलाई मधेशका मुख्यमन्त्री सिंहको आह्वान

प्रेमचन्द्र झा
२०८१ कार्तिक १८ गते ०८:५८
हरेक क्षेत्रमा नेतृत्व लिन युवाहरुलाई मधेशका मुख्यमन्त्री सिंहको आह्वान

रौतहट : मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले राजनिती ,सामाजिक तथा आर्थिक क्षेत्रमा नेतृत्व लिनका लागि आगाडि आउन युवाहरुलाई आह्वान गरेका छन् ।

न्यु दियालो युवा क्लबले राैतहट सदरमुकाम गाैरमा आयोजना गरेको राैतहट युवा संवाद २०८१ लाई एक समारोहबीच उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले भविष्यको प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र सांसद सबै युवाहरु नै रहेको बताए ।

No description available.

उनले लागुऔषधको कुलतमा नफस्नसमेत युवाहरुलाई आग्रह गरे । युवाको उपस्थितिलाई बढाउन प्रदेश सरकारले लोकसेवा आयोगलाई क्रियाशील बनाएको, प्रदेशमा राेजगारी सिर्जनाका लागि विभिन्न रचनात्मक कार्य गर्न लागेकाे, राेजगारी वृद्धिका लागि हरेक पालिकामा कृषि बजार, मधेशका सबै जिल्लामा आधुनिक विद्यालय स्थापना, फिल्म सिटी, एजुकेसन पार्क बनाउनेलगायतका कार्य गर्न थालेकाे मुख्यमन्त्री सिंहले बताए ।

उनले भने, 'वैदेशिक राेजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सबाट देश चलेको छ भने कुरामा कसैको दुई मत छैन । अब नेपालबाट युवा राेजगारीको शिलशिलामा विदेश जाँदैनन् भने अवस्था छैन । तर सीप सिकेका दक्ष युवा, शिक्षित युवा मात्र विदेश गएमा राम्रो हुन्छ । स्वदेशमा राेजगारीको अवसर प्रदान गरेर मात्र  युवालाई विदेशिनबाट राेक्न सकिन्छ ।'

No description available.

गाैर नगरपालिकाका प्रमुख शम्भु साहले राेजगारी नपाएका कारण युवाहरु विदेशिन बाध्य भएको बताए । वर्तमान सरकारसँग ठोस भिजन नभएका कारण देश दिनप्रति दिन हरेक क्षेत्रमा पछाडि परिरहेको बताए ।

आयोजक संस्था एस टुगेर यु कैनका सचिव ओमनाथ ठाकुरकाे अध्यक्षतामा भएको कार्यक्रममा ममता झा, आदर्श सहनी, आदित्य मिश्र, मोसिमा खातुनसहितले युवाका लागि गर्नुपर्ने विकास तथा सहयोगका बारेमा प्रकाश पारेका थिए ।

 सो अवसरमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार संजय यादव, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवाल, अधिवक्ता रतिश झा, राम कल्याण यादव, दिपक यादवसहितको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन अधिवक्ता युवराज मुखियाले गरेका थिए ।

ADV

सम्बन्धित खबर