२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

सयपत्री र मखमलीमा आत्मनिर्भर, ९ अर्ब लगानी

shivam cement
छबि सापकोटा
२०८१ कार्तिक १४ गते २१:२१
सयपत्री र मखमलीमा आत्मनिर्भर, ९ अर्ब लगानी

काठमाडौं : नेपालमा फूलखेतीप्रति आकर्षण बढेसँगै फूलमा आत्मनिर्भर बन्दै गएको छ । केही वर्षअघि तिहारको लागि भारतबाट फूल आयात हुने गरेको भएपनि पछिल्लो समय फूलखेती गर्ने किसानहरुको संख्या बढ्दा तिहारमा नेपाली फूलहरु नै प्रयाप्त पाइने गरेको छ । 

नेपालमै फूलेका सयपत्री र मखमली उपभोक्ताको समेत रोजाई पर्ने गरेको छ । बजारमा नेपाली फूल मालामा पर्याप्त रहेको आयात गर्न नपर्ने फ्लोरिकल्चर एसोसिएसनका पूर्व अध्यक्ष कुमार कसजु बताउँछन् । नेपालमा पुष्पमेलामा समेत उपभोक्ताको आकर्षण बढेको कसजुले बताए । लक्ष्मीपुजाको दिन ४० लाखभन्दा बढी माला खपत हुने अपेक्षा गरिएको हो । 

अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो । तिहारमा काठमाडौंमा ६० प्रतिशत र अन्य स्थानमा ४० प्रतिशत फूल खपत हुने गरेको छ । नेपाली पूmलको खपत बढाउन काठमाडौं महानगरपलिका लगायत स्थानीय तहहरुले प्लास्टिकका फूलमाला ब्रिक्री वितरणमा रोक लगाउने निर्देशनले गरेको फूलखेती गर्ने उत्साहित भएका छन् भने उत्पादित फूलहरुले सहज रुपमा बजार पाएको व्यवसायी बताउँछन् । 

तिहार अघि नै स्थानीयतहले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको व्यापार बढ्ने अपेक्षा गरिएको छ । काठमाडौं महानगरपालिकाले तिहारको लागि फूलमा बिक्री गर्नका लागि महानगरका ४६ स्थानबाट स्वदेशी फूल बिक्री स्थल समेत तोकेको छ । नेपालमा हरेक वर्ष १५ प्रतिशत बढी किसानहरु पुष्प व्यवसाय गर्ने बढीरहेका छन् । अहिले मुलुकका ५० भन्दा बढी जिल्लामा व्यावसायिक फूलखेती भइरहेको फ्लोरिकल्चर एसोसिएसन नेपालको भनाइ छ । 

फूलखेती गर्ने व्यवसायी एक हजार भन्दा बढी छन् भने २६० हेक्टर क्षेत्रफलमा पुष्पखेती हुँदै गएको छ । पुष्प व्यवसायमा करिब ९ अर्ब लगानी भएको फ्लोरिकल्चर एसोसिएसनको भनाइ छ । यो वर्ष सयपत्री मालाको ८० रुपैयाँ र मखमली मालाको ४५ रुपैयाँ औसत थोक मुल्य रहेको छ । भारतबाट आयात रोकिएको कारण समेत नेपाली पुष्प व्यवसायीले तिहारको बेलामा राम्रो भाउ पाउने गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise