२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

२० लाख क्विन्टल उखु क्रसिङ गर्ने बाबा बैजुनाथ सुगर मिलको तयारी

प्रेमचन्द्र झा
२०८१ कार्तिक १३ गते २२:५३
२० लाख क्विन्टल उखु क्रसिङ गर्ने बाबा बैजुनाथ सुगर मिलको तयारी

रौतहट : श्रीबाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि कटहरिया ९ रौतहटले कात्तिक १९ गतेको शुभ साईतमा डोगां पूजा गर्ने भएको छ । 

उद्योगले यस क्रसिङ सिजन २०८१ ÷०८२ का लागि २० लाख क्विन्टल उखु पेलाई गर्ने लक्ष्य लिएको छ ।   गत वर्षमा १२ लाख ५० हजार सात सय ७७ क्विन्टल उखु पेलाई गरी ९० हजार क्विन्टल चिनी उत्पादन गरेका थिए । यसवर्ष उद्योगलाई रौतहटका पाँच हजार किसानले उखु दिने सर्वे गराएका छन् । रौतहटबाट मात्र ११ लाख क्विन्टल उखु प्राप्त गर्ने उद्योगका प्रमुख सञ्चालक  बैजु प्रसाद बाबराले बताए । पाँच वर्षदेखि उद्योग सञ्चालनमा रहेकोमा  हरेक वर्ष किसानले उखु बिक्री गरे बापत समयमा  भुक्तान गर्दै आएको सञ्चालक बाबराले भने ।

उनले दिएको जानकारी अनुसार सो उद्योग ६३ करोड घाटामा रहेका छन् । किसानको सुविधाको लागि उद्योग सञ्चालन गरेको दावी गर्दै उद्योगमाथि कुनै किसानको रकम बाँकी नरहेको बताए । गत आर्थिक वर्षदेखि नै उद्योग आफ्ना खर्च धान्ने अवस्थामा आउन थालेको बताउँदै यस वर्ष गरेको अनुमान अनुसारको उखु पाउन सके भने नाफामा जाने उनले दाबी  गरे ।

सर्लाही,बारा,पर्सा र धनुषाका किसानहरुबाट नौ लाख क्विन्टल उखु प्राप्त हुने उद्योगका केन म्यानेजर सियाराम साहले बताए । गत वर्षको तुलनामा यस वर्षदेखि उखु खेती बढ्दै जाने म्यानेजर साहले दावी समेत गरेका छन् ।

ADV

सम्बन्धित खबर