२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

तामाङ सेलो गीत 'ज्याम्बल दोर्जे' आज सार्वजनिक हुँदै

मध्यान्ह
२०८१ असोज २४ गते १३:०२
तामाङ सेलो गीत 'ज्याम्बल दोर्जे' आज सार्वजनिक हुँदै

काठमाडौं : गायक किर्ति तामाङ र गायिका पूर्णिमा लामाको स्वरमा रहेको नयाँ तामाङ सेलो गीत 'ज्याम्बल दोर्जे' आज सार्वजनिक हुँदैछ । सांगीतिक क्षेत्रमा लोकप्रिय गायक तामाङले यसअघि पनि विभिन्न सफल गीतहरूमा आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन् । यो गीत भने दशैंको अवसर पारेर रिलिज गर्न लागिएको हो ।

'ज्याम्बल दोर्जे' गीत तामाङ संस्कृतिको मौलिकता र सेलो संगीतको मिठासलाई झल्काउने उद्देश्यले तयार पारिएको गायक तामाङले बताए । गायक तामाङले भने, 'दशैंको रमाइलो माहोललाई अझ विशेष बनाउन यो गीतले योगदान पुर्‍याउने आशा छ ।'

'ज्याम्बल दोर्जे'ले तामाङ सेलो संगीतलाई अझ लोकप्रिय बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले बताए । गीत गायक तामाङकै युट्युब च्यानलबाट आज बेलुकी ४ बजे सार्वजनिक हुँदै छ ।


ADV

सम्बन्धित खबर