२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

साइमेक्स इंकद्वारा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन घोषणा

मध्यान्ह
२०८२ वैशाख २४ गते २१:५२
साइमेक्स इंकद्वारा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन घोषणा

काठमाडौं : बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । बैशाख २४ देखि २७ सम्मका लागि कम्पनीले सो अफर घोषणा गरेको हो ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्ने जनाइएको छ । यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाको रूपमा चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । साथै, तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्री ईएमआई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर