२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

फतुवा बिजयपुरले नगरबासीको विद्युत महसुल प्राधिकरणलाई बुझायो

कृष्ण तिवारी
२०८२ वैशाख २४ गते २१:४९
फतुवा बिजयपुरले नगरबासीको विद्युत महसुल प्राधिकरणलाई बुझायो

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकाले आफ्ना नगरबासीको विद्युत महसुल प्राधिकरणलाई बुझाएको छ । नगरपालिकाले विद्युत महसुल बापत एक करोड पाँच लाख बुधबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मौलापुरलाई बुझाएको हो ।

फतुवा बिजयपुर कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले एक करोड पाँच लाख रकम बराबरको चेक मौलापुर वितरण केन्द्रका आय प्रमुख सरोज चौधरी र लेखा प्रमुख सरोज चौधरीलाई हस्तान्तरण गरेकी छन् । फतुवा बिजयपुर नगरभित्र आम जनताको बिजुली र पानी निःशुल्क रहेको छ । नगरबासीको बिजुली र पानीको पैसा फतुवा बिजयपुर नगरपालिकाले तिर्दै आएको छ ।

‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तर्गत फतुवा बिजयपुर नगरपालिकाले गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको अहिलेसम्मको बिजुली र पानी वापतको चार करोड २५ लाख ५० हजार रुपैयाँ रकम प्राधिकरणलाई बुझाइ सकिएको प्रमुख प्रशासकीय अधिकृत भरत यादवले बताए । फतुवा बिजयपुर नगरपालिकाले ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । झण्डै ६ वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर