२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

रवि लामिछानेको आह्वान- मलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवादमा उत्रिनु

मध्यान्ह
२०८१ असोज ८ गते २०:१३
रवि लामिछानेको आह्वान- मलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवादमा उत्रिनु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न सकिन्छ कि भन्ने उद्देश्यले नै पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै उनले जोशीको बयानबाट केही निस्कियो भने रविलाई समाउन सकिन्छ कि भन्ने उद्देश्यले नै उनलाई पक्राउ गरिएको जिकिर गरे ।

लाइभमार्फत लामिछानेले आफूलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवादमा उत्रिन आह्वान पनि गरेका छन् ।

उनले कानूनी पक्रियालाई पूर्णरूपमा साथ दिन तयार रहेको तर षड्यन्त्र गरेर फसाउन खोजिए प्रतिवाद गरिने बताए ।

लामिछानेले विभिन्न सहकारीबाट सो प्रालिमा आएको रकम अपचलन भएको विषयमा आफूले जिम्मेवारी लिने बताए ।

उनले यसको नैतिक, कानुनी र आर्थिक जे जेम्मवारी लिनुपर्ने भए पनि जिम्मेवारी लिने बताएका छन् । उनले ठगेर आएको पैसा तैँले किन चलाइस् भन्ने प्रश्न उठेको भन्दै आफूले त्यसको जिम्मेवारी लिने बताएका छन् ।

उनीमाथि सहकारी ठगीबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिले सहकारीबाट आएको रकम अपचलन गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । लामिछानेले समितिको प्रतिवेदन भने राजनीतिक भएको समेत टिप्पणी गरेका छन् ।

ADV

सम्बन्धित खबर