२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा विशेष छुट

मध्यान्ह
२०८१ असोज ८ गते १३:५७
एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा विशेष छुट

काठमाडौं : एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्व अफर ल्याएको छ । बैंकले बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५ सय रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको उल्लेख गरेको छ ।

यो अफर छठसम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको विश्वास छ । 

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

ADV

सम्बन्धित खबर