२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादसम्बन्धी रिट ‘हेर्न नमिल्ने’

मध्यान्ह
२०८१ असोज ८ गते १३:१४
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादसम्बन्धी रिट ‘हेर्न नमिल्ने’

काठमाडौं : न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासमा परेको नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइन विवादको रिट ‘हेर्न नमिल्ने’ भएको छ ।

डेडिकेटेड र ट्रंकलाइनबापतको बिल भुक्तानी गर्नु नपर्ने भन्दै दायर रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय चुडाल र अजीज मुसलमानको इजलासमा परेको थियो । 

अधिवक्ता दीपक अधिकारी समेत १० जनाले गएको भदौ ३० गते उक्त रिट दायर गरेका थिए । रिटमा यसअघि न्यायाधीश महेश शर्मा पौडेलेको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । अन्तरिम आदेशसम्बन्धी छलफलका निम्ति दुवै पक्षलाई बोलाउने आदेश गरिएको थियो ।

रिट निवेदनमा विद्युत् प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शुल्क निर्धारण आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाइएको छ ।

ADV

सम्बन्धित खबर