२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

मध्यान्ह
२०८१ असोज ७ गते १३:०१
छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

काठमाडौँबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौँबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्व सञ्चालक मध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

ADV

सम्बन्धित खबर