२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

मध्यान्ह
२०८१ असोज ६ गते १३:२६
सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको आधारमा महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएपछि अदालतले सन्दीपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया शुरु हुन्छ ।

ADV

सम्बन्धित खबर