२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

नाम दुरुपयोग भएपछि तनावमा महेश श्रेष्ठ, भन्छन्– ‘आरके समूहको मुद्दामा संलग्न छैन’

मध्यान्ह
२०८१ असोज ५ गते २२:४०
नाम दुरुपयोग भएपछि तनावमा महेश श्रेष्ठ, भन्छन्– ‘आरके समूहको मुद्दामा संलग्न छैन’

टोकियो : गैरआवासीय नेपाली संघका अभियान्त महेश श्रेष्ठ अहिले तनावमा छन् । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका श्रेष्ठको नाम अर्का प्रत्यासी आरके शर्मा समूहले पटक–पटक दुरुपयोग गरेपछि तनावमा रहेका हुन् । 

संघको निर्वाचन परिणाम पछि सार्वजनिक रुपमा अभिव्यक्ति नदिएका श्रेष्ठ पछिल्लो समयमा संघभित्र सहकार्य र एकताको पक्षमा लविङ गरिहेका छन् । 
सर्वोच्च अदालतको गत साउनको फैसलाबाट बालुवाटारस्थित सचिवालयमा फर्केका गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले कानूनी लडाइँ जितेपछि श्रेष्ठले आफ्नो पोजिशन परिवर्तन गरेको बताइएको छ । 

सर्वोच्च अदालतले संघको ११ औं महाधिवेशन कानूनसम्मत रहेको फैसला सुनाए पछि श्रेष्ठ सर्वोच्च अदालतको फैसलाको पक्षमा उभिएका हुन् । स्रोतले भन्यो, ‘उहाँको स्वभाव अलिक फरक छ । सधै बोल्दै हिड्ने मान्छे होइन, तर सर्वोच्चको फैसला पछि उहाँ संस्थापन पक्षलाई सहयोग गर्ने पक्षमा हुनुहुन्छ तर माओवादीनिकट कांग्रेस कार्यकर्ताहरुले आगामी महाधिवेशनसम्म आफ्नो गठबन्धन राख्न खोजेका छन् त्यसैले उहाँलाई वेलावेलामा तन्ने गरेका छन् ।’

गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार श्रेष्ठले संघको ११ औं महाधिवेशनमा निर्वाचित भएर शपथ नलिएका उपमहासचिव सोम सापकोटा, उपाध्यक्ष राज रेग्मी र आइसीसी सदस्यहरुलाई शपथ लिन सल्लाह गरेका दिएका थिए । रेग्मीले समेत शपथमा हस्ताक्षर गरेर संघको केन्द्रीय कार्यालयमा बुझाएका छन् ।  

स्रोतका अनुसार मंगलबार भर्चुअल माध्यममा जम्मा भएका आरके शर्मा र केही माओवादी निकट कांग्रेसको भेलामा श्रेष्ठ उपस्थित थिएनन् । तर उनी समेत उपस्थित रहेको भन्दै प्रचारबाजी भएपछि श्रेष्ठ खुलेर संस्थापन पक्षमा लाग्ने तयारी गरेका छन् ।

स्रोतले अगाडि भन्यो, ‘उहाँ निकै जिम्मेवार मान्छे हो । संघको अभियानमा अझै पनि भविष्य रहेको छ । तर पटक पटक उहाँको नाम बेचेर कमाउ धन्दा गरियो । अब उहाँ पनि बोल्ने बेला आयो ।’

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघको आधिकारिक अध्यक्ष डा. बद्री केसी भएको फैसला सुनाएपछि संघका राष्ट्रिय समितिहरु सकृय हुन थालेका छन् । यसैबीचमा अध्यक्ष डा. केसीले बेलायत र अष्ट्रेलियाको भ्रमण गरेका छन् । उनको भ्रमणलाई व्यापक रुपमा समर्थन पाएको संघले जनाएको छ । संघले गैरआवासीय नेपाली दिवस मनाउने तयारी गरेको छ। अक्टोवर अन्तिमसाता हुने सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.आरजु देउवा लगायतले सम्बोधन गर्ने तयारी छ । 

‘राज्यसत्ताको पूर्ण सहयोग र राष्ट्रिय समितिले समेत उत्साहजनक समर्थन जनाए पछि संघका अध्यक्ष डा. बद्री केसीले विश्वव्यापी भ्रमण अभियान शुरु गरेका हुन्,’ केसी निकट स्रोतले मध्यान्हलाई बतायो ।

ADV

सम्बन्धित खबर