२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

नेपाल इन्भेष्टमेण्ट मेगाको नयाँ शाखा उदयपुरको घुर्मीमा

मध्यान्ह
२०८१ असोज ४ गते २१:२८
नेपाल इन्भेष्टमेण्ट मेगाको नयाँ शाखा उदयपुरको घुर्मीमा

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा संचालनमा ल्याएकोे हो ।

बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् । सो नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए । मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु शुरु भएको छ ।

ADV

सम्बन्धित खबर