२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा

मध्यान्ह
२०८१ असोज ४ गते १४:०१
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा

काठमाडौं : नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिएका छन् ।

विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् ।

यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । 

महासंघको निर्वाचन समितिले प्रकाशन गरेको पछिल्लो कार्यतालिका अनुसार आज शुक्रबारदेखि मनोनयन दर्ता गर्नुपर्ने थियो । तर सदस्यता विवाद समाधान हुन नसकेपछि कार्यवाहक अध्यक्ष विष्टले राजीनामा दिएका हुन् ।

उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिउको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

ADV

सम्बन्धित खबर