२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

संविधानको विरोधमा कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

मध्यान्ह
२०८१ असोज ३ गते १५:०३
संविधानको विरोधमा कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा कालो झण्डासहित प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ । विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शनका कार्यक्रम पनि गरिरहेका छन् ।

ADV

सम्बन्धित खबर