२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

क्षयरोगबाट राउटे समुदायका २२ वर्षीय युवकको मृत्यु

मध्यान्ह
२०८१ असोज ३ गते १४:०९
क्षयरोगबाट राउटे समुदायका २२ वर्षीय युवकको मृत्यु

सुर्खेत : क्षयरोगबाट लोपोन्मुख राउटे समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको छ । उनको क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए ।

बिसीका अनुसार मृतक शाहीले उपचार गर्न नमानेपछि भदौ ३१ गते सम्झाई बुझाई गर्दा उपचार गर्न सहमति भएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । गुराँस गाउँपालिका दैलेखको सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा खकार चेक गर्दा क्षयरोग रोग देखिएको अस्पतालले जनाएको छ ।

उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किँदै गर्दा बुधवार राती सुर्खेतको कल्यान काँधमा उनको मृत्यु भएको स्वास्थ्यकर्मी बिसीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर